Around the World with Birata Ko Chino

Richa Ghimire trip around the world in relation with promoting her latest movie “Birata Ko Chino” was awesome and really fruitful. Read summary of her month long trip to Australia and London in her own words.

शंकर घिमिरेद्धारा निर्मित/निर्देशित ‘वीरताको चिनो’ अस्ट्रेलिया, इंग्ल्याण्ड र स्कटल्याण्डमा प्रदर्शन हुँदा निकै खुशी लाग्यो । कारण -नेपाली चलचित्र नेपालीहरुको बीचमा पुग्यो र नेपालीले सात समुन्द्रपारी बसेर आफ्नै देश अनि गाउँ-ठाउँको सिनेमा हेरे । नेपाली चलचित्रलाई हलिउड र बलिउडसँग तुलना गर्ने चलन भएकाले मलाई यसबारे डर पनि लागिरहेको थियो । कतै सीमित स्रोत र साधनमा बनेको चलचित्रलाई हलिउड र बलिउड जस्तो भएन पो भन्ने हुन् कि ? तर चलचित्र हेरिसकेपछि ती दर्शकले थोरै लगानीमा पनि राम्रो सिनेमा बन्दो रहेछ भन्ने प्रतिकि्रया दिए अनि संगीत र कथाको खुलेर प्रशंसा गरे । ‘वीरताको चिनो’ एउटा साधारण सिनॆमा हो जसमा कमर्सियल मसलाहरु छन् जस्तै- सुगम संगीत, फाइट, संवेदना र असत्यलाई सत्यद्धारा अन्त । ‘वीरताको चिनो’ले नेपाली चलचित्र उद्योगलाई परिवर्तन गर्छ भनेर म भन्दिँन तर चलचित्र हेर्दा पूर्ण मनोराजन पाईन्छ ।
Richa Ghimire in London

शंकरले अस्ट्रेलिया, इंग्ल्याण्ड र स्कटल्याण्डमा रहँदा प्रायःजसो नेपालीहरुसँग ग्लोबल मार्केटिङका बारेमा कुरा गरे । नेपाली सिनेमा भन्नासाथ नाक खुम्चाएर छिःछि भन्छन् भन्ठानेको थिएँ तर अचम्म; प्रविधि, स्टारकास्ट, लोकेसन, बजेट र कथावस्तुमा पनि नेपाली चलचित्रबारे चाख राखेको देख्दा खुसी लाग्यो । यसको अर्थ नेपालीले स्वदेशी चलचित्र उद्योगका बारेमा सोधखोज गर्छन् जुन हाम्रो उद्योगका लागि राम्रो कुरा हो । हामी मुलुकमा रहेर पनि वरपर भैरहेका घटनाका बारे अपडेट हुन सक्दैनौ तर प्रवासी नेपालीहरु बिहान उठ्नेबित्तिकै इन्टरनेटबाट नेपालको हरेक पक्षको समाचार पढिसक्छन् । नेपाली चलचित्र उद्योगको गतिविधिलाई पनि बडो चाख लाग्दो ढंगले बुझ्न खोजेको मैले पाएँ ।

अस्ट्रेलियाका सिड्नी र पर्थ सहरमा तीनपटक प्रदर्शन गरियो । बेलायतमा चार र स्कटल्याण्डमा एक प्रदर्शन । बेलायतको प्रदर्शन ठीकै भयो तर विशेष चाहिँ सफारी सिनेमा हलमा भयो । आठसय पाउण्ड तिरेर शंकरले ६ सय सिट क्षमताको सिनेमाहल बुक गराए । ‘वीरताको चिनो’ प्रदर्शन हुने दिन रजनीकान्त र ऐश्वर्या स्टारर महँगो फिल्म ‘रोबोट’ पनि प्रदर्शन हुँदै थियो ठीक त्यहि मितिमा । ‘वीरताको चिनो’ प्रदर्शन सुरु भयो तर मैले आँखा चारैतिर नचाएँ; मान्छे त जम्मा डेढसय जनामात्र पो देखेँ । तर चलचित्र सुरु भएको १५ मिनेट भित्र थप अढाइसय दर्शक थपिए । चारसय दर्शकले मजाले चलचित्र हेरिसकेपछि बधाइ पनि दिए सल्लाह-सुझाव पनि । स्कटल्याण्डमा चलचित्र देखाउँदा सिठ्ठी, ताली र हाँसोले गर्दा नेपालको कुनै सिनेमा हलमा बसेर हेरेको अनुभुति भयो ।

हाम्रो चलचित्रको बजार स्वदेशमा मात्र नभएर जहाँ-जहाँ नेपाली छन् त्यहाँ हो । नेपालीहरु अब ‘ग्लोब्लाइज’ भएका छन् । हाम्रा चलचित्रको गुणस्तर बढाएर अनुसन्धानमुलक कथा पस्कने हो भने लायकको नेपाली चलचित्रको ‘ओभरसिज राइट’ किन्न प्रवासी नेपाली कम्पनी तयार छन् । विदेशमा बस्ने नेपालीहरु लालयित छन् आफ्नो संस्कृति, मुल्यमान्यता, भाषा, भेषभुषा र नेपालीपन आफू बसेको देशमा देखाउन किनकी भारतीय र पाकिस्तानीले आफ्नो संस्कृतिलाई संरक्षण गरेको देख्दा नेपालीमा पनि हाम्रो आफ्नै परिचय र संस्कृति छ भन्ने कुरा मनन गर्न थालेका छन् । जसको दरिलो माध्यम नै सिनेमा बन्न सक्छ तर यसको लागि िसंगो नेपाली चलचित्र उद्योग नै सजग हुनुपर्छ । अब बन्ने चलचित्रमा चार वर्ण छत्तिस जात तथा हिमाल पहाड र तराईको विशेषतालाई देखाउनुपर्छ । हरेक कोणबाट हेर्न योग्य चलचित्र बनाउन अब नेपाली चलचित्र उद्योगका प्रत्येक सदस्य तात्नुपर्छ ।
Richa Ghimire in Scotland

यी तीन देश भ्रमण गर्दा निकै रमाइलो भयो । अस्ट्रेलिया भ्रमणमा बहिनी समिता घिमिरे कार्यक्रम् संयोजक शमिम अनवरको साथमा हामी सिड्नीका थुप्र ठाउँ घुम्यौं, समुन्द्री परिकार खायौं र सपिङ पनि गर्‍यौं । पर्थमा भने शरद पौडेल र रन्जना सापकोटाका साथमा बार्बेक्यु पार्टी, कंगारु र क्वाला भएको पार्क भएको पार्क खुब मजा गरियो ।

स्कटल्याण्डमा लङ्ग-डा्इभको साथमा खुब सपिङ मल भौतारियौं । संयोजक प्रकाश अर्याल, दिपेश रेग्मी, प्रजय शुक्ला र सन्तोषले हामीलाई एबरडिन सहर घुमाए । कार्टुनचित्रमा देखिने जस्ता घरहरु र सम्पूर्ण शहर नै सिमेन्ट कलरको । एबरडिन सहरको समुन्द्रबाट कसरी तेल निकालिन्छ सो बारे धेरै थाहा पाइयो म्युजियमबाट । अनि पहिलेका राजाहरु बस्ने क्यास्सल पनि गयौं ।

लण्डनमा भने थुप्रै दिन बसियो । सन्तोष विश्वकर्मा जो चलचित्र ‘वीरताको चिनो’का नवनायक पनि हुन् उनको घरमा हामी बस्थ्यौं । त्यो वािकंग टाउन सेन्टर र सडक चावेल कुमारीगाल जस्तै भइसकेको थियो हिँड्दा-हिँड्दा । खुब सपिङ गरियो खुब चिट्ठा पनि किनियो । सपिङ गर्दा शंकर घिमिरेको पकेट सिद्दिन्थ्यो भने चिठ्ठा कहिले पदैनथ्यो । लण्डनसिटी घुम्दा मि. बिनको पनि सुटिङ हेर्ने मौका पायौं । रातो दुई तल्ले बस र लगभग अन्तराष्ट्रिय सुविधा भएको ट्रेन अनि ट्याक्सी साँच्चै मनपर्‍यो । बर्घिङ्गम प्यालेस चेिरंग क्रस, मेडम टुसोड पनि गयौं कस्तो रमाइलो अनि अनुभुति गजबको ।

शंकरजीको भाइ-बुहारीको पनि लण्डनमै भएकोले दसैं आधी लण्डनमै मनाइयो । दसैंको दिन मैले एउटा कुरा महसुस गरे त्यो थियो हामी बा्म्हण, क्षत्री, वैश्य र शुद्र सबै एकै थलोमा टिका लगायौं । नेपाली चलचित्र क्षेत्रमा कहिले पनि सानो जात ठूलो जात हुँदैन यो क्षेत्रले प्रतिभा हेर्छ नाम पछाडिको जात होइन । अन्तमा लेख गुरुङ, कविता गुरुङ अनि उनकी प्यारी छोरी लिकनलाई बाई-बाई भन्दै उहाँहरुले दिएको उपहार र माया सङ्गालेर हामी एयरपोर्ट लाग्यौं । स्वदेश उड्यौं…..

Avatar of Pradeep Kumar Singh

About Pradeep Kumar Singh

Pradeep Kumar Singh is Editor-in-Chief at Nepali blogger and a Social Media enthusiast. He manages and writes for multiple blogs. Follow him on Twitter or give him a like on Facebook.
No comments yet.

Leave a Reply

Designed by Pradeep Kumar Singh. Powered by Nepali Blogger